सुदूरपश्चिम प्रदेशमा सोमबार १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ ।
सोमबार धनगढी र काठमाडौं प्रयोगशालामा भएको परीक्षणमा १ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढीमा ४१ र काठमाडौं प्रयोगशालामा भएको परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको हो ।
धनगढीमा गरिएको परीक्षणमा कैलालीका ५ महिला र १६ पुरुष गरी २१, भजनीका १ पुरुष, अछामका ३ महिला, २ पुरुष गरी ५ जना, डडेल्धुराको गन्यापधुराका ३ पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका ३ महिला र १ पुरुष गरी ४ जना, बेदकोट नगरपालिकाका १ पुरुष, भीमदत्त नगरपालिकाका १ पुरुष, पुनरवास नगरपालिकाका २ पुरुष र बझाङको बुगंल नगरपालिकाका १ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, काठमाडौंमा गरिएको परीक्षणमा कैलालीका १ महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुराका ५ महिला र १० पुरुष गरी १५, बैतडीका १ महिला र १३ पुरुष गरी १४ जना, डोटीका ४ महिला र ३ पुरुष गरी ७ जना र अछामका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १ हजार १ सय ६१ पुगेको छ ।
सुदूरपश्चिममा अहिलेसम्म कैलालीका ३ सय ४१, डडेल्धुरामा २ सय ४, बैतडीमा १ सय ५६, डोटीमा १ सय ६१, कञ्चनपुरमा १ सय ८, अछाममा ८२, बाजुरामा ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
हालसम्म यो प्रदेशमा कोरोनाबाट ५ जनाले ज्यान ग’माउँदा १ सय ३४ संक्रमित उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित मिति: सोमबार, असार ८, २०७७ १९:११