इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।
कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थीहरु पुृल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो ।
मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्य भन्दा माथि रहेको जनाइएको छ । पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले सोमबार एएफपीलाई बताए ।
इन्डोनेसियाको राजधानी जकार्तामा यसै महिनामा भारी वर्षापछि आएको बाढी पहिरोको कारण करिब ६७ व्यक्तिको मृत्यु भएको छ । रासस
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६ १३:३६