पहिलोपटक आधिकारिक रूपमा सुरु भएको नेपालको मौलिक कमेडि रियालिटी शो ‘कमेडी च्याम्पियन’को लोकप्रियता बढ्दै गएको छ । पहिलोपटक प्रतिस्पर्धामार्फत सुरु भएको यो शाेको आठौं इपिसोडसम्म आइपुग्दा सातौं इपिसोड नेपालको युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको छ ।
अन्य गायन रियालिटी शाेजस्तै यस ‘कमेडी च्याम्पियन’लार्ई बुझ्न गाह्रो छ, अर्थात् प्रतियोगीहरूले उठाउने कमेडीका विषय विशेषगरी युवाकेन्द्रित छन् । त्यसैले यस रियालिटी शोले सीमित दर्शकलाई केन्द्रित गरेको देखिन्छ ।
अन्य गायन रियालिटी शाेजस्तै यस ‘कमेडी च्याम्पियन’लार्ई बुझ्न गाह्रो छ अर्थात प्रतियोगीहरूले उठाउने कमेडीका विषय विशेषगरी युवाकेन्द्रित छन्, त्यसैले यस रियालिटी शोले सीमित दर्शकलाई केन्द्रित गरेको देखिन्छ ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका उत्कृष्ट दशमा आदर्श मिश्र, अमोद अर्याल, अनिल राई, बिष्णु प्रसाद गौडेल, हिमेश पन्त, क्षितिज केसी, प्रनेश गौतम, सजन श्रेष्ठ, सुमन कार्की, सुमन कोइराला पर्न सफल भएका छन् । उत्कृष्ट दशबाट नजिक लैजानका लागी प्रतियोगीलाई दर्शकले भोट गर्नुपर्नेछ ।
जसमा नेपालबाट भोट गर्नका लागि ईसेवा मोबाइल एप र नेपाल बाहिरबाट भोट गर्नका लागि कमेडी च्याम्पिएन मोबाइल एपबाट गर्न सकिनेछ । साधारण तरिकाले मोबाइलको म्यासेज बक्सबाट भोट गर्ने सुविधा नहुँदा जसले मोबाइल एप चलाउन सक्दैनन् र जान्दैनन्, त्यो वर्गका दर्शकले गुनासो पनि पोखेको पाइन्छ ।
‘कमेडी च्याम्पियन’मा विजेता बन्नेले नगद २५ लाख पाउनेछन् । यस रियालिटी शोमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायकको भूमिकामा छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०७६ ०९:१९