समुद्री सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाइमा रहेको पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा आठौँ चौरी महोत्सव भएको छ । चौँरीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । तीन दिन चलेको महोत्सवमा चौँरी प्रदर्शनी, याक राइड, डोरी तान्ने प्रतियोगिता, खेलकुद, सांस्कृतिक कार्यक्रम, चौँरीजन्य खानपानलगायका क्रियाकलाप भएका थिए । कोशी प्रदेश भ्रमण वर्षको पहिलो दिनलाई सेलिब्रेसन गरिएको थियो । कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डल, प्रदेश सांसद मैया श्रेष्ठ लावतीसहितको उपस्थिति थियो ।
महोत्सवमा आन्तरिकसँगै भारतीय पर्यटक पनि सहभागी थिए । प्रतिकूल मौसम र भूगोल भए पनि यहाँ पुग्नेहरू रमाएका देखिन्थे । चौँरीको घट्दो क्रमलाई रोकथाम गर्दै युवा पुस्तालाई यो व्यवसायमा आकर्षित गर्न फालेलुङ गाउँपालिकाकै लगानीमा चौँरी महोत्सव आयोजना गरेको हो ।
तस्वीरमा हेर्नुहोस् चौँरी महोत्सव:
-1744717148.JPG)
-1744717148.JPG)
-1744717146.JPG)
-1744717146.JPG)
-1744717147.JPG)
-1744717147.JPG)
-1744717231.JPG)
-1744717231.JPG)
-1744717230.JPG)
तस्वीरहरू : गिरिराज बाँस्कोटा/शिलापत्र
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १७:४८