नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका प्रतिनिधिसँग छलफल गरेका छन् ।
दुई सातादेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकका अगुवाहरूसँग थापा र शर्माले सोमबार साँझ पार्टी केन्द्रीय कार्यालयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधनका लागि पहल लिने आश्वासन दिएको बताइएको छ । शिक्षक महासंघको आन्दोलनका कारण विद्यालय भर्ना अभियानसमेत प्रभावित हुने देखिएको छ ।
शिक्षकहरूले भने शैक्षिक हडताल नै गरेर आन्दोलन अघि बढाएका छन् । विगतमा सरकारसँग भएको सम्झौताअनुसार शिक्षा ऐन तत्काल जारी हुनुपर्ने उनीहरूको माग छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ ०९:५१