यसअघि भएका सम्झौता कार्यान्वयन र शिक्षा ऐन जारीको माग राखी शिक्षकले थालेको आन्दोलन आइतबार १२ औँ दिन पुग्दा पनि सार्थक वार्ता हुन सकेको छैन । देशभरबाट आएका शिक्षकहरूले २० चैतदेखि लगातार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । हरेक दिन ११ बजे माइतीघर मण्डला आइपुग्ने शिक्षकहरूले बबरमहल क्षेत्रमा छ लेन सडक कब्जा गरी प्रदर्शन गरिरहेका छन् । उनीहरूले सडकै हाजिर लगाउने गरिरहेका छन् ।
उता यो बीचमा सरकार र शिक्षक महासंघबीच दुई दिन वार्ता भए पनि सहमति हुन सकेको छैन । शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनमा शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको मुख्य माग छ । तर, सरकारले संसदको अधिवेशन अन्त्य भएकाले त्यसमा सहमति जनाउन सकेको छैन । संसदबाट ऐन जारी गर्न नसकिए अध्यादेशबाट भए पनि शिक्षा ऐन ल्याउनुपर्ने शिक्षकहरूको माग छ ।






-1744535726.jpg)


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ १५:०३