इङ्लिस प्रिमियर लिगमा गए राति भएका दुई खेल बराबरीमा सकिएका छन् । आर्सनल र ब्रेनफोर्डबीचको खेल १-१ गोलको बराबरीमा सकिँदा ब्रिङ्टन र लिसेस्टर सिटीले पनि २-२ गोलको बराबरी खेले ।
उता साउथम्पटनलाई भने एस्टन भिल्लाले स्तब्ध पारेको छ । एस्टन भिल्लाले साउथम्पटविरुद्ध ३-० को जित निकालेको हो । त्यस्तै नोटिङ्घम फरेस्टलाई पनि एभर्टले १-० ले पराजित गर्यो ।
लिगकै अर्को खेलमा भने म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसविरुद्ध फराकिलो जित निकालेको छ । क्रिस्टल प्यालेसविरुद्ध म्यानचेस्टर सिटी ५-२ गोलअन्तरले विजयी भएको हो ।
अंकतालिकामा लिभरपुल शीर्ष स्थानमा कायम छ । आर्सनल दोस्रो स्थानमा रहँदा नोटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ । त्यस्तै म्यानचेस्टर सिटी चौथो तथा एस्टन भिल्ला पाँचौँ स्थानमा छन् ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ ०८:१५