काठमाडौंमा आज पनि वायु प्रदूषण निकै खराब स्थितिमा रहेको छ । प्रदूषणका आधारमा काठमाडौं विश्वकै दोस्रो खरब शहरका रूपमा रहेको छ ।
वायु प्रदूषण मापनमा नेपालको स्थिति २३७ एक्यूआई रहेको छ । २०१ एक्यूआई भन्दा माथिको स्थितिलाई अति खराब मानिन्छ । पहिलो स्थानमा भने भारतको दिल्ली रहेको छ । त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ ।
वायु प्रदूषण उच्च हुँदा चिकित्सकहरूले आवश्यक सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । उनीहरूले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन् ।
उता वातावरणविद्हरूले भने प्रदूषण कम गर्ने उपाय अपनाउन सुझाव दिएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१ ०७:५४