भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राका लागि ताउमधिमा भैरव र भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथसँगै भद्रकालीको रथ निर्माणकार्य पनि सँगै भइरहेको छ । यस वर्ष रथको चक्कालगायतका धेरै काठहरु फेरिएको छ अरु पुरानै काठलाई बलियो गरेर मर्मत गरी बलियोसँग निर्माण कार्य भइहेको छ ।
लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मुल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ ।








तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १५:०६