मर्यादा पुरुषोत्तम श्री रामको पूजा आराधना गरी आइतबार नेपालभर रामनवमी पर्व मनाइएको छ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइने गरिएको हो । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।
यस अवसरमा जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ । त्यसका साथै राजधानीको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भिड लागेको छ । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदासमेत दिएको छ ।







तस्वीर : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १३:१२