१३औं दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म नेपालले १५ स्वर्ण जितेकाे छ । नेपालले तेक्वान्दाेमा ७, करातेमा ७, महिला ट्रायथलनमा १ गरी कुल १५ स्वर्ण हात पारेकाे हाे ।
तेक्वान्दाेअन्तर्गत साेमबार विभिन्न स्पर्धामा १३ वटा स्वर्णका लागि भएकाे प्रतिस्पर्धामा नेपालले सातवटा स्वर्ण जित्दा श्रीलंकाले ३, भारतले २ र बंगलादेशले एउटा स्वर्ण जितेका छन् ।
यस्तै, मन्डेकाजी श्रेष्ठले करातेतर्फ पुरूष एकल काता र पुरूष टिम काता गरि एकै दिन दुइवटा स्वर्ण जिताएर कीर्तिमान कायम गरे ।
स्वर्ण पदकधारी खेलाडी
- करातेः (एकल काता) मण्डेकाजी श्रेष्ठ
- करातेः (टिम काता, महिला) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
- करातेः (टिम काता ,पुरुष) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
- करातेः (५५ केजी) लक्ष्मण तामाङ
- करातेः (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
- करातेः (४५ केजी मुनी) कुसुम खड्का
- करातेः (५० केजी मूनि) अनु अधिकारी
- तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) कमल श्रेष्ठ
- तेक्वान्दो पुम्सेः ( १७ –२३ वर्ष ) सिना मादेन लिम्बू
- तेक्वान्दो पुम्सेः (२३ –२९ वर्ष ) पार्वती गुरुङ
- तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य
- तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जीवकुमार पाण्डे
- पुम्से महिला टिमः (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना
- पुम्से महिला टिमः (२३–२९ वर्ष) नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई
- ट्रायथलनः सोनी गुरुङ
रजत पदकधारी खेलाडी
- करातेः (एकल काता) चञ्चला दनुवार
- तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) कृष्णबहादुर तामाङ
- करातेः (८४ केजीमुनि) दिवस श्रेष्ठ
कास्य पदकधारी खेलाडी
- तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बू
- तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) जितबहादुर बोट र पार्वती गुरुङ
- ट्रायथलनः वसन्त थारु
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १८:३७