भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन् । बिमस्टेक शिखर सम्मेलनका क्रममा थाइल्यान्डको बैंककमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको थियो ।
भेटपछि सामाजिक सञ्जालमा तस्वीरसहित एक पोस्ट लेख्दै मोदीले नेपाल र भारतबीच बलियो सम्बन्ध रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो । भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ । हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं । हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं ।’
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१ १६:४३