प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर गरिएको संसद अवरोध हटाएको छ । माओवादीलगायत विपक्षीले संसदको अवरोध स्थगन भएको जनाएका छन् ।
सोमबारेको प्रतिनिधिसभाको बैठका बोल्दै माओवादी सांसद रेखा शर्माले व्यवस्थाकाको पक्षमा उभिनुपर्ने अवस्था आएकाले संसद अवरोध स्थागत गरिएको बताइन् ।
‘यो विषय अदालतमा गइसकेको छ र राजनीतिक परिवेश पनि बदलिएको छ । व्यवस्थाको पक्षमा हामी दृढताका साथ उभिनुपर्नेछ । संविधानको पक्षमा उभिनुपर्ने भएकाले हामीले हाम्रो अवरोध स्थगित गरेका छौँ । तर, यसको मतलब यो होइन कि हामी सुशासनको पक्षमा बोल्न छोड्नै छैनौँ,’ उनले भनिन् ।
शर्माले सरकारलाई लोकतन्त्र र गणतन्त्र जे गर्दा बलियो हुन्छ, सो पक्षमा काम गर्न अनुरोध गरिन् । ‘सरकारले संख्याका आधारमा संसदलाई पनि बल मिच्याइँ गरिरहेको छ । यस्तो कार्यमा कदापि हाम्रो साथ सहयोग रहने छैन,’ उनले भनिन् ।
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१ १३:२४