राजावादीहरूले शुक्रबार हिंसात्मक प्रदर्शन गरेपछि पार्टीको धारणा तय गर्न राजावादी पार्टी राप्रपा कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । शुक्रबारको हिंसात्मक प्रदर्शनपछि सो हिंसा भड्काउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्शेर राणा पक्राउ परेका छन् ।
राजसंस्था पुनः स्थापना गर्ने भन्दै राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक र अराजक बनेको थियो । र प्रदर्शनकारीले व्यापक तोडफोड गर्नुका साथै आगजनी गरी निजी र सरकारी सम्पत्तिमा क्षति पुर्याएका थिए । शुक्रबारको प्रदर्शनमा राप्रपा संस्थागत रूपमा सहभागी नभए पनि सो पार्टीले आफ्ना नेता तथा कार्यकर्तालाई भने प्रदर्शनमा सहभागी गराएको थियो ।









तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ १५:५९