राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक चलिरहेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बिहान ११ बजेपछि भर्चुअल बैठक सुरु भएको हो ।
बैठक आकस्मिक बोलाइएकाले अनलाइनका माध्यमबाट छलफल भइरहेको उनले बताए ।
देश राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरका रूपमा ध्रुवीकृत हुँदा रास्वपा दुवैतिर खुट्टा हालेर बस्न खोजेको भन्दै आलोचना भइरहेको छ । यद्यपि, शुक्रबार राजावादीले मच्चाएको उत्पातको रास्वपाले भर्त्सना गरेको थियो भने सरकारको कमजोरीसमेत औंल्याएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१ ११:१९