काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले संघीय सरकारसँग आक्रोश व्यक्त गरेका छन् । महानगरपालिकाका सरसफाई कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
'काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले,' उनले फेसबुकमा लेखेका छन् ।
सरकार र महानगरको टसलका कारण काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक गतिविधि ठप्प छ । जसका कारण कर्मचाहरीहरूको तलब समेत रोकिएको हो । सोहीकारण बालेनले संघीय सरकारप्रति आक्रोश पोखेका हुन् ।
'को-कोले के-के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु,' बालेनले आक्रोश पोखेका छन्, 'त्यो पछि हेरौँला तिमीहरूको के-के तन्त्र हो !!'

प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१ ०६:२५