बुटवलमा जारी तिलोत्तमा गोल्डकपको आइतबारको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा पाखा लगाउँदै ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज टाइब्रेकरमा ४–३ ले विजयी भएको हो ।
चर्च ब्वाइजले फाइनलमा स्थान बनाउन ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लब र एडोर्न गडवाल स्पोर्टिङ क्लबबीचको विजेतासँग खेल्नेछ। यी दुईबीचको खेल भने मंगलबार हुने तय छ ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १८:५१