नेपाली यु-१९ पुरुष राष्ट्रिय क्रिकेट टिमले भारतको प्रान्तीय टिम दिल्ली यु-१९ सँग अभ्यास खेल खेल्ने भएको छ ।
आईसीसी यु-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाली टिमले दिल्ली यु-१९ सँग शृंखला खेल्न लागेको हो । आईसीसीको कार्यक्रम अनुसार आईसीसी यु-१९ विश्वकप एसिया छनोट प्रतियोगिता १२ अप्रिलदेखि काठमाडौंमा हुँदै छ ।
नेपाल यु-१९ र दिल्ली यु-१९ टिमबीचको द्विपक्षीय क्रिकेट शृंखला भनर् पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा हुनेछ । शृंखला १२ देखि १६ चैतसम्म हुनेछ । शृंखलाअन्तर्गत नेपाल र दिल्ली यु-१९ टिमबीचको पहिलो खेल १२ चैतमा हुनेछ ।
यस्तै, दोस्रो खेल १४ चैत र तेस्रो खेल १६ चैतमा हुने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १८:०२