ललितपुरको पाटन अस्पतालबाट फरार भएका बलात्कार मुद्दाका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन् ।
बुधबार दिउँसो पाटन अस्पतालको झ्यालबाट हामफालेर फरार भएका बलात्कार मुद्दाका थुनुवा अछामको रामारोशनका दीपक साउद कञ्चनपुरको झलारीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशीले बिहीबार साँझ साउदलाई पक्राउ गरिएको जानकारी दिए ।
`साउद पक्राउ परेपछि ललितपुरको प्रहरी टोली यहाँ आइसकेको छ, आज लैजाने तयारी छ,´ उनले भने । डीएसपी जोशीका अनुसार साउदले अस्पतालबाट फरार भएर बस चढेर झलारी पुगेको बताएका छन् । उनी प्रहरी वृत्त सातदोबाटोको हिरासतमा थिए ।
बिरामी भएपछि उपचारका लागि प्रहरीले बुधबार पाटन अस्पताल लगेको थियो । सो क्रममा शौचालय जाने भनेर छिरेका साउद झ्यालबाट हामफालेर फरार भएका थिए ।
यो पनि: पाटन अस्पतालको झ्यालबाट हामफालेर फरार भए बलात्कार मुद्दाका थुनुवा
प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१ १२:१०