श्रीलंकाका लागि नेपालको नवनियुक्त राजदूत तथा मालदिभ्सका लागि कूटनीतिक सहकार्य गर्ने जिम्मेवारी पाएका डा पूर्णबहादुर नेपालीले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
युनियन हाउसमा नेपाल दलित संघ, नेविसंघ, तरुण दल र नेपाली कांग्रेस लुम्बिनी प्रदेश, विद्यार्थी समन्वय विभागको संयुक्त आयोजनामा भएको बधाई तथा शुभकामना कार्यक्रममा राजदूत नेपालीले देश र आफ्नो समुदायको उत्थानका सधैँ प्रतिवद्व रहेको बताए ।
मंसिर ६ को मन्त्रिपरिषद्को बैठकले कपिलवस्तुका डा पूर्ण नेपालीलाई श्रीलंकाको राजदूतमा सिफारिस गरेको थियो । राजदूत नेपालीले नेपाल–श्रीलंका प्रत्यक्ष हवाई उडान र श्रीलंकासँग द्विपक्षीय शैक्षिक, अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र त्यसका लागि आफूले पहलकदमी लिने बताए ।
राजदूत नेपालीले अनुसन्धानमूलक तथा नीतिगत सहकार्य गर्नुपर्ने र दुई देशका विश्वविद्यालयबीच सहकार्य तथा साझेदारी गरेर अनुसन्धान र थिंक ट्यांक स्थापनाका लागि काम गर्ने उनले बताए ।
कार्यक्रमको संयोजन गरेका लुम्बिनी प्रदेश, विद्यार्थी समम्न्वय विभागका प्रमुख पवन नेपालीले डा पूर्ण नेपाली नेपाल विधार्थी संघको राजनीति हुँदै काठमाडौं विश्वविद्यालका सहप्राध्यापक र सामाजिक न्यायको मुद्दामा निकै सक्रिय बौद्धिक व्यक्तित्व रहेको बताए ए । उनले डा नेपालीको यो नियुत्तिले नेपाल र श्रीलंकाबीचको सहकार्य झनै बलियो हुने बताए ।
दलित समुदायका योग्य मान्छेहरु सुनियोजित रुपमा पाखा पारिँदै आएको वर्तमान अवस्थामा यो सरकारले दलित समुदायको अब्बल र योग्य मान्छेलाई राजदूतमा नियुक्ति गरेर काम गर्ने अवसर दिएर न्याय गरेको नेविसंघका नेताहरूले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १९:५५