घरेलु उपकरण (होम एप्लाइन्सेस) उत्पादक भारतीय कम्पनी बर्लीले सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली बजारमा १७ मोडेलका नयाँ एयर कुलरहरू सार्वजनिक गरेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सीजी इलेक्ट्रोनिक्सले भारतकै ठूलो एयर कुलर ब्रान्ड बर्ली नेपालमा भित्र्याएको हो ।
सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लाइन्सेसका प्रबन्ध निर्देशक चिराग शर्माले संयुक्त रूपमा नयाँ कुलरहरू सार्वजनिक गरेका हुन् ।

‘बर्ली होम एप्लाइन्सेस नेपाल भित्रिनु एउटा ब्रान्डको सफलता मात्र नभएर कम्पनीसँग जोडिएका हरेक व्यक्ति ज–जसले मलाई र कम्पनीलाई विश्वास गरे, ती सबै परिवारको सफलता हो ।’ बर्ली होम एप्लाइन्सेसका प्रबन्ध निर्देशक शर्माले भने ।
बर्ली एउटा प्रोडक्ट मात्र नभएर नयाँ पुस्ताका लागि पिग्रेटेड उपकरणको स्याम्पलसमेत रहेको र नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको उत्कृष्ट विशेषता रहेको र भविष्यमा बर्लीका थप नयाँ उत्पादनहरू पनि नेपालमा आउने उनले बताए ।
सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्याउने उद्देश्य राखेको र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको चिरागको भनाइ थियो ।
त्यस्तै, सीजी कर्प ग्लोबलका प्रबन्धनिर्देशक निर्वाण चौधरीले विश्वभर अधिक माग रहेको प्रोडक्ट बर्लीलाई नेपालमा भित्र्याउन पाउँदा अत्यन्तै हर्षित रहेको बताए ।

उनले जलवायु परिवर्तनसँगै नेपालमा हरेक वर्ष गर्मी बढिरहेको र शहरदेखि गाउँसम्म बर्लीको प्रयोग गर्न मिल्ने उनको भनाइ थियो । साथै, गाँउघरमा आज पनि पंखाको विकल्प केही नरहेको अवस्थामा बर्ली कुलर विकल्प बन्न सक्ने विश्वाससमेत उनले व्यक्त गरे ।
यी उत्पादनहरू प्रयोग गर्न सजिलो र मूल्यमा पनि सस्तो भएको उल्लेख गर्दै बर्लीले नेपाली उपभोक्ताले मन पराउने विश्वास लिएको कम्पनीले जनाएको छ । त्यसले प्रस्तुत उपकरण मल्टी युटिलिटी प्रोडक्टको रूपमा रहेकाले सबै सिजनमा प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।
भिडियो:
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १९:५३