जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोक र भैँसेपाटीस्थित मन्त्रीनिवास क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभाजस्ता कार्यक्रम गर्न रोक लगाउँदै निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार यस्तो निषेध आदेश जारी गरेका हुन् ।
पुरानो मन्त्रीनिवास क्षेत्र पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्रीनिवास क्षेत्र र भैँसेपाटीस्थित नयाँ मन्त्रीनिवास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो । आइतबारदेखि जारी भएको आदेश दुई महिनासम्मका लागि रहनेछ ।


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १८:०९