एमालेनिकट अखिल नेपाल महिला संघले कर्णालीका पहाडी जिल्लामा प्रशिक्षण कार्यक्रम चलाएको छ । संघका केन्द्रीय अध्यक्ष टुका हमालको नेतृत्वमा हुम्ला र मुगुमा प्रशिक्षण कार्यक्रम गरिएको हो । हुम्लामा शनिबार र आइतबार दुईदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । प्रशिक्षणमा ७ वटा पालिकामध्ये ६ वटा पालिकाका अगुवा महिला नेता कार्यकर्ता सहभागी थिए ।
उक्त कार्यक्रममा अनेमसंघ केन्द्रीय अध्यक्ष टुका हमाल, एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कर्णाली इन्चार्ज गोरख बोकटी, केन्द्रीय सदस्य जिल्ला इन्चार्ज छक्क लामा , अनेमसंघ केन्द्रीय सचिव कर्णाली इन्चार्ज मिना सिङ रखाल , पार्टी केन्दीय सदस्य दल फडेरा, अनेमसंघ प्रदेश अध्यक्ष तथा पार्टी प्रदेश कमिटी उपसचिव पदमा खड्का , प्रदेश कमिटी सचिवालय सदस्य रुपा शाहीलगायतको उपस्थिति थियो ।
त्यसैगरी मुगुमा पनि २७ र २८ फागुनमा दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । उक्त प्रशिक्षण कार्यक्रम गमगढीमा गरिएको थियो । मुगुमा पनि अनेमसंघकी अध्यक्ष टुका हमालले अगुवा महिला नेता कार्यकर्तालाई प्रशिक्षण दिएकी थिइन् ।
हमालले महिला आन्दोलन र अनेमसंघको भूमिका, अनेमसंघ कर्णाली इन्चार्ज रखालले राजनीतिमा महिला सहभागिता, प्रदेश अध्यक्ष पदमा खड्काले संगठन निर्माण ,परिचालन र व्यवस्थापन, जिल्ला पार्टी अध्यक्ष पूर्ण रोकायले जनताको बहुदलीय जनबाद र महिला मुद्दाका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १७:३३