राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदबाट पारित भएका चारवटा विधेयक आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएका हुन् ।
संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयक राजपंत्रमा प्रकाशित भएसँगै कार्यान्वयन हुनेछन् ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ १७:१४