स्पेनिस ला लिगामा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ । गए राति भएको खेलमा फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे चम्किएपछि रियलले २-१ को जित निकालेको हो ।
भिल्लाको घरेलु मैदानमा जुयन फोयथले सातौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । तर, रियलका एम्बाप्पेले खेलको १७औँ र २३औँ मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए ।
यो जितसँगै रियल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । २८ खेल खेलेको रियल मड्रिडको ६० अंक छ भने दुई खेल कम खेलेको बार्सिलोना ५७ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०८१ ०८:२७