वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३४ वर्षीय युवराज घिमिरे पक्राउ परेका छन् ।
उनले अल्बानिया पठाइदिन्छु भन्दै एक जनाबाट १ लाख ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०८१ १९:५६