एनसेलले बढ्दो मोबाइल डाटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डाटा’ गरी दुई डाटा प्याकहरू बजारमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैँ अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धताअनुरुप ल्याइएको कम्पनी भनाइ छ ।
एनसेलका अनुसार करसहित ९० रुपैयाँ शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत ग्राहकहरूले दुई दिनसम्म मोबाइल डाटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपूर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डाटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ, जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।
यो अफर विशेषत: छोटो अवधिका लागि बिनाझन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेल एपमार्फत वा *१२३*४*१*४# डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्नेछन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसङ्गीतको आनन्द लिन वा सामाजिक सञ्जालमा जोडिन यो प्याकले ४८ घण्टासम्म कुनै पनि डाटा सीमाबिना निर्वाध रूपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।
यसैगरी, ‘५० डाटा’ प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डाटा भोल्युम करसहित मात्र ५० रुपैयाँमा पाउन सकिने एनसेलले जनाएको छ । यो डाटा तीन दिनसम्म मान्य रहने भएकाले डाटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूका लागि लाभदायी छ ।
ग्राहकहरूले एनसेल एपबाट वा *१२३*४*२*१# डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसङ्गीतको मजा लिनेलगायत कार्यका लागि उपयुक्त छ ।
विशेष गरी छोटोछोटो अवधिका लागि डाटा लिन चाहने ग्राहकहरूका लागि डिजाइन गरिएका यी नयाँ डाटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरूका लागि लाभदायी हुने एनसेलको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १९:४७