त्रिकोणात्मक टी– २० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो ।
नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० तथा सम्झना खड्काले २३ रन बनाइन् ।
नेदरल्यान्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले दुई-दुई विकेट लिए । इभा लिन्च र इसाबेल वोनिङले एक-एक विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १५:५४