त्रिकोणात्मक महिला टी- २० आई सिरिजमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सकी कप्तान बाबेट डे लिडेले टस जितेर पहिले ब्याटिङ रोजेकी हुन् । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङको निम्तो पाएको छ ।
घरेलु टिम नेपालले सिरिजमा लगातार दुई हार ब्यहोरेको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपाल दोस्रो खेलमा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो ।
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १२:१९