शेयरबजारमा हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ ।
विभिन्न ३ सय १२ कम्पनीका १ करोड ५४ लाख ६१ हजार २ सय ६४ कित्ता शेयर ७५ हजार ५ सय ४० पटक कारोबार हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार सोमबारको कारोबारपछि २ सय २६ वटा कम्पनीको शेयरमूल्य बढ्दा १२ वटा कम्पनीको शेयरमूल्य ओरालो लागेको छ । साथै, चारवटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९ दशमलव ७० प्रतिशत, साहस ऊर्जा लिमिटेडको शेयरमूल्य ८ दशमलव ७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ८ दशमलव ५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।
त्यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१ १५:४३