भुटानी राजा जिगमे खेसर नाम्ग्याल वाङ्चुक काठमाडौं आइपुगेका छन् । आज काठमाडौं आएका उनी आजै स्वदेश फर्कनेछन् । उनी भारत भ्रमणमा रहेका वाङ्चुक त्यहाँबाट काठमाडौं आएका हुन् । उनी केही घण्टा काठमाडौंमा रहँदा धार्मिकस्थलको भ्रमणमा छन् । उनी अहिले बौद्धनाथ पुगेका छन् । उनी स्वयम्भू पनि पुग्नेछन् ।
दुवै ठाउँको दर्शन गरेपछि उनी स्वदेश फर्कनेछन् । नेपालमा रहँदा कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको जनाइएको छ ।















प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१ १२:५२