काठमाडौंको बूढानीलकण्ठस्थित होटल सब्रिना लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । होटल सब्रिनाको केन्द्रीय कार्यालय बूढानीलकण्ठमा सोमबार बसेको वार्षिक साधारणसभाले त्यस्तो प्रस्ताव पारित गरेको हो ।
उक्त सभाले आईपीओ निष्कासन अनुमतिका लागि नेपाल धित्तोपत्र बोर्डमा निवेदन दिने निर्णय पनि गरेको छ । व्यापार व्यवसाय गर्ने क्रममा कम्पनीमा थप लगानी आवश्यक रहेको हुँदा सर्वसाधारणबाट केही रकम उठाउने उद्देश्यले आईपीओ निष्कासन गर्न लागिएको होटल सब्रिनाले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १८:५२