सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि छापावाल सुन आइतबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ ११:४८