मकवानपुरमा पहिरोमा परी बेपत्ता भएका अखिल नेपाल फुटबल संघ (एन्फा) का ६ जना खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । एन्फाले सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा साेमबार साँझ दीप प्रज्वलन गरेको हो ।
इन्द्रसरोवर गाउँपालिका–३ मा एन्फाले राखेको युथ–१४ क्याम्पका ३७ जना खेलाडीमध्ये ६ जनाको पहिरोमा परी निधन भएको थियो ।
सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, निजगढका विकल रेग्मी र दिवस बानियाँ र मकवानपुरका अनुप ग्लान र सुमन योञ्जनको निधन भएको थियो ।





प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १८:१८