सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
सिंहदरबार दक्षिण गेट नजिक रहेको बसेरा होटलमा एमाले सचिवालयको बैठक सुरु भएको हो । बैठकमा बाढीपहिरो तथा डुबान पीडितका लागि राहत दिने, पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर फर्केको भोलिपल्ट सचिवालयको बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली सोमबार अपराह्न राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ११:५७