जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।
आयोगले राई नेतृत्वको दललाई मान्यता दिने निर्णय गरेको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।
जसपा नेपालबाट विभाजित भएका राईको नेतृत्वमा प्रतिनिधिसभाका ७ सांसदले आइतबार दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरेका थिए ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १७:०९