काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा लगातार तीन खेल जितेर एक खेलअगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दै छ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
हङकङ पनि सम्मिलित सिरिजमा नेपाललाई हराउन सके यूएईलाई पनि फाइनल पुग्ने अवसर छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । हङकङ अंकविहीन हुँदै पुछारमा छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८० ०९:२७