नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ पहुँच बढाउने सवालमा संख्यात्मक उपस्थिति मात्रैले सहयोग नपुगेको बताएका छन् ।
उनले बैंकिङ क्षेत्रको संख्या बढ्दै जाँदा प्रणालीमा लागत बढ्ने र अस्वस्थ प्रतिस्पर्धा बढ्ने गरेको अवस्थामा एक दशक अघिबाट मर्जर नीति लिएको र सफल भएको बताए ।
आज ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूपछि बनेको बैंककाे एकीकृत कारोबार शुभारम्भ समारोहमा गभर्नर अधिकारीले अहिलेको आवश्यकतालाई हेरेर मर्जर नीति अघि बढाएको बताए ।
`१९७० को दशकमा सुशासनको समस्या लागत बढी भयो´, गभर्नर अधिकारीले भने, `संस्था धेरै हुने तर वित्तीय पहुँच नबढ्ने र अस्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा मर्जर नीति अघि बढाइएको हो ।´
कुनै समय २४७ वित्तीय संस्था रहेकोमा अहिले मर्ज भएर ६८ संस्था भएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १०:४६