चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार राजस्व ६३ अर्ब रुपैयाँ घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा भन्सार कार्यालयहरूबाट उठ्ने राजस्वमा ६३ अर्ब कमी देखिएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार वर्षको मंसिर मसान्तसम्म ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ लाख ५० हजार रुपैयाँको आयात भएको छ । गत वर्ष यही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजारको आयात भएकोमा चालु आर्थिक वर्षमा २०.७१ प्रतिशतले घटेको छ ।
आयातमा २० प्रतिशतले कमी आउँदा राजस्व पनि सोही गतिमा घटेको छ ।
मंसिर मसान्तसम्म आयतबाट १ खर्ब ५४ अर्ब १३ करोड ३६ लाख ५४ हजार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ । गत वर्ष यही अवधिमा २ खर्ब १७ अर्बको भन्सार राजस्व उठेको थियो । यस हिसाबले भन्सार राजस्वमा २९ प्रतिशतको कमी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १५, २०७९ १७:४६