प्रतिनिधिसभाको अर्थ समितिले बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने–नदिने विषयमा सुझाव दिन उपसमिति गठन गरेको छ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।
उपसमितिमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबु कुमार यादव र हेमकुमार राई सदस्य छन् ।
झाँक्री संयोजकत्वको उपसमितिलाई नेपालको पुँजी बजार र मुद्रा बजारमा देखिएका समस्या समाधानका लागि के कस्तो विकल्प अपनाउन सकिन्छ भन्ने सुझाव दिन भनिएको छ । उपसमितिलाई २ महिनाको समय दिइएको अर्थसमितिले जानकारी दियो ।
यस्तो छ बैठकको निर्णय

प्रकाशित मिति: बिहिबार, साउन ३०, २०७६, ०३:२२:००