४ मंसिरमा भएको चुनावमा प्रत्यक्षतर्फभन्दा समानुपातिकमा बढी मत बदर भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षमा ५.०६ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत बदर भएको आयोगले जनाएको छ । प्रदेशको प्रत्यक्षतर्फ ४.०७ र समानुपातिकतर्फ ६.५५ प्रतिशत बदर भएको छ ।
कुल मतदाता १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेकोमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१.४१ प्रतिशत मत खसेको छ । जसमा १ करोड ४ लाख ८७ हजार ९ सय ५८ मत सदर हुँदा ५ लाख ५९ हजार ७६ मत बदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा १ करोड ११ लाख २६ हजार २ सय २६ मत खसेको छ । यो ६१.८५ प्रतिशत हो । जसमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर हुँदा समानुपातिकमा ५ लाख ६६ हजार १ सय ४४ मत बदर भएको छ ।
प्रदेशको प्रत्यक्षतर्फ १ करोड १० लाख ३४ हजार ५ सय मत खसेको छ । यो ६१.३६ प्रतिशत हो । जसमा १ करोड ५ लाख ८५ हजार ३ सय मत सदर हुँदा ४ लाख ४९ हजार २ सय मत बदर भएको छ ।
प्रदेशको समानुपातिकमा १ करोड १० लाख २८ हजार ३ सय ७६ मत खसेको छ । यो ६१.३१ प्रतिशत हो । जसमा १ कारोड ३ लाख ६ हजार ११ मत सद हुँदा ७ लाख २२ हजार ३ सय ६५ मत बदर भएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९ १७:११