रानीपोखरी पुनर्निर्माणको काम सुस्त
रानीपोखरीको पुनर्निर्माण २१ फागुनदेखि काम सुरु भए पनि त्यसले गति भने लिन सकेको छैन । फागुन दोस्रो साता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातत्वसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको थियो ।
९ वैशाख, २०७६
Share
मन्त्रिपरिषद् भन्दा मालपोत शक्तिशाली
बालुवाटारस्थित प्रधानमन्त्री निवासलगायतको जग्गा कर्मचारी, नेताका आफन्त तथा भूमाफियाको नाममा जानुमा मन्त्रिपरिषद्को निर्णयभन्दा मालपोत कार्यालय शक्तिशाली बन्दाको परिणाम भएको पाइएको छ ।
८ वैशाख, २०७६
Share
साक्षरता अभियान, ५ अर्ब खर्च, अवस्था ज्यूँका त्यूँ
साक्षरता अभियानमा सरकारले ५ अर्बभन्दा बढी रुपैयाँ खर्चिए पनि अभियान प्रभावकारी बन्न सकेको छैन ।
७ वैशाख, २०७६
Share
मेसिनरी उपकरण थन्किँदा सरकारी अस्पतालका बिरामी निजीमा रेफर
सरकारी अस्पतालको चरम लापर्बाहीका कारण अधिकांश मेसिनरी उपकरण थन्किएका छन् । अस्पताल प्रशासनले दीर्घकालीन योजना बनाउन नसक्दा यो स्थिति आएको हो ।
६ वैशाख, २०७६
Share
समिति बैठकमा शीर्ष नेता नै जाँदैनन्
संसदको महत्त्वपूर्ण काम गर्ने दायित्व पाएका समितिहरुमा कोरम नपुग्दा बैठक नै बस्न कठिन हुने गठरेका घटना धेरै भएका छन् । बैठकमा जानकारीबिन निरन्तर पाँचपटकसम्म अनुपस्थित हुने समिति सदस्य एवं सांसदलाई सभापतिले कारबाहीका लागि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रिसभाका अध्यक्षसमक्ष सिफरिस गर्न सक्ने व्यवस्था छ ।
५ वैशाख, २०७६
Share
फर्मासिस्टको चरम अभाव
चिकित्सकका अनुसार औषधि व्यक्तिको जीवनमरणसँग जोडिएको वस्तु हो । जसको गलत प्रयोगले बिरामीको अकालमा मृत्यु हुन सक्छ भने सही सदुपयोगले बिरामीको ज्यान बच्न सक्छ । त्यही औषधिको प्रयोग कसरी गर्ने, कति मात्रामा प्रयोग गर्ने भन्ने स्पष्ट जानकारी दिन अधिकार प्राप्त फर्मासिस्टहरुको चरम अभाव भएको हो ।
५ वैशाख, २०७६
Share
ललिता निवास जग्गा हिनामिनामा गुठी संस्थान पनि संलग्न
प्रधानमन्त्री र विभिन्न विशिष्ट व्यक्तिहरुको विनास तथा कार्यालय रहेको बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा गराइएको प्रकरणमा गुठी संस्थानसमेत दोषी रहेको पाइएको छ ।
५ वैशाख, २०७६
Share
समायोजनले अस्पताल रित्तियो
कर्मचारी समायोजनसँगै सिन्धुली अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा सञ्चालनमा समस्या भएको छ । अस्पतालमा कार्यरत डाक्टर तथा अन्य स्वास्थ्यकर्मी समायोजनमा परेपछि सिन्धुली अस्पताल रित्तिन पुगेको हो ।
३ वैशाख, २०७६
Share
स्वास्थ्य क्षेत्रको खर्च : २२ अर्बको हिसाब–किताब नै छैन
स्वास्थ्य क्षेत्रमा विनियोजित ५६ अर्ब रुपैयाँमध्ये २२ अर्बभन्दा बढी रकमको हिसाब किताब नै नभएको पाइएको छ । संघबाट स्थानीय तहका लागि पठाइएको १८ अर्ब र प्रदेशका लागि पठाइएको ४ अर्ब गरी कुल २२ अर्ब रुपैयाँको हिसाब अपारदर्शी किसिमको खर्च भएको पाइएको हो ।
३ वैशाख, २०७६
Share
दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता
‘रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।
२ वैशाख, २०७६
Share
लुक्ला विमानस्थलमा विमान र हेलिकोप्टर ठोक्कियो, को–पाइलट र ड्युटीका दुई प्रहरीको मृत्यु
विमानस्थल कार्यालयका अनुसार आइतबार बिहान ९ बजेर १० मिनेटमा समिट एयरको विमान लुक्ला विमानस्थलबाट रामेछाप विमानस्थलतर्फ उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर दाइनेतर्फ मोडिई हेलिप्याडमा रहेको मनाङ एयरको ९ एन–एएलसी कलसाइन भएको हेलिकोप्टरसँग ठोक्किएको थियो ।
२ वैशाख, २०७६
Share