हिमपातले कर्णालीको जनजीवन अस्तव्यस्त, सबै विमानस्थल बन्दशुक्रबार रातिदेखि शुरु भएको हिमपातका कारण कर्णालीका चार वटै विमानस्थल बन्द भएका छन् । पहिलेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि विमानस्थल बन्द भएका हुन् ।२६ माघ, २०७५ Share
मोदीलाई गान्धीको चूनौति : खुल्ला बहसमा आउनुस्प्रधानमन्त्री मोदीले देशलाई एकताबद्ध गर्छु भन्दै कुरा मात्रै गर्ने तर काम भने नगर्ने आरोप भन्दै अध्यक्ष राहुलले प्रधानमन्त्रीलाई राष्ट्रिय मुद्दामा बहसका लागि आग्रह गरेका हुन् ।२५ माघ, २०७५ Share
प्रियंकाले सम्हालिन् महासचिवको जिम्मेवारीमहासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गरेकाे काँग्रेसले जनाएको छ ।२४ माघ, २०७५ Share
मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयनमा‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादनअनुसारको बजार’ भन्ने नारासाथ प्रदेशका सबै ८८ स्थानीय तहमा मुख्यमन्त्री कृषि कार्यक्रम कार्यान्वयन गर्ने नीति प्रदेश सरकारको छ । यो कार्यक्रमअन्तर्गत चालू आवमा रु १९ करोड बजेट विनियोजन गरिएको छ ।२२ माघ, २०७५ Share
धनगढीमा दुई विदेशी खेलाडी अनुबन्धितयही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा अनुबन्ध गरेको छ ।२१ माघ, २०७५ Share
नेपाल बैंकको नाफा एक अर्ब ६६ करोडनेपाल बैंकले चालू आर्थिक वर्षको छ महिनामा एक अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैँया नाफा कमाएको छ । गत आ.व.को सोही अवधिमा बैंकले रु एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो ।२० माघ, २०७५ Share
नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायोनिगमले नेपालमा गर्नुपर्ने कागजातको सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले छिट्टै जापानको नियामक निकायसँग उडान अनुमतिका लागि पेश गर्ने निगमको भनाइ छ। निगमले आगामी फागुन १५ गतेसम्म जापान उडान शुरु गर्ने तयारी गरेको निगमले जापानबाट अनुमति पाएपछि उडान शुरु गर्न करिब एक महिना लाग्ने जनाएको छ।२० माघ, २०७५ Share
काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगितअनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि पक्राउ नपरेको भन्दै काङ्ग्रेसले सदनमा अवरोध गरेको हो ।१८ माघ, २०७५ Share
चर्को ब्याजदरप्रति महासङ्घको ध्यानाकर्षण‘अनियमित घरभाडा वृद्धि, चर्को भन्सार शुल्क, झन्झटिलो भन्सार प्रक्रियालगायतका समस्या खेपिरहेका उद्योगी व्यवसायी ब्याजदरका नाममा बैंक तथा वित्तीय क्षेत्रमा बढाइएको ब्याजदरले झन क्रसित बन्न पुगेका छन्’, विज्ञप्तिमा भनिएको छ ।१७ माघ, २०७५ Share
नेकपा नेता नेपाल लाओस प्रस्थानलाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेता नेपाल गएराति लाओस गएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।१७ माघ, २०७५ Share
कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाऔंः अर्थमन्त्रीअर्थमन्त्री डा युवराज खतिवडाले भने – ‘कृषि र पशु बीमाका क्षेत्रमा लघु बीमा कम्पनीलाई आकर्षित गर्न सकिएको छैन । ती क्षेत्रमा आउने बीमा कम्पनीलाई सरकारले सहयोग गर्छ । म यसको नेतृत्व लिन नेपाल कृषि सहकारी केन्द्रीय संघलाई आग्रह गर्छु ।’१७ माघ, २०७५ Share
प्रदेश ५ मा सङ्गठित अपराध बढ्दैअपराधिक क्रियाकलापमा लागेका विरुद्ध ‘इन्काउन्टर’ भइरहेका बेला डिआइजी पिताम्बर अधिकारीले त्यस्ता अपराधीविरुद्ध आगामी दिनमा प्रहरी झन् सशक्त भएर अघि बढ्ने बताए ।१७ माघ, २०७५ Share
प्रदेश २ को राजधानी जचुकालिमैः नेता निधिपूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश नं २ को नाम मिथिला भोजपुरा राख्ने र पहिलो भाषा मैथिली तथा दोस्रो भाषा भोजपुरी राख्न सुझाव दिए ।१६ माघ, २०७५ Share
जिरीमा पर्यटकलाई ५० प्रतिशत छुटदोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् ।१६ माघ, २०७५ Share
मारुनी नाच लोपोन्मुख अवस्थामाबाल्यकालदेखि नै बाउबाजेसँग मारुनी गाउँदै नाचेर हिँड्ने कुमाल अहिले आफैँले गुरु भएर सिकाउने गर्छन् । सिक्ने व्यक्ति तयार कोही नहुँदा आफू मरेर गएपछि संस्कृति पनि हराउने हो कि भनेर चिन्तित उनको चिन्ता छ । पुरुषले महिलाका वेशभूषा लगाएर मादल र गीतको तालमा दुई जना मारुनी र एक जना पुरुसिङ्गे भएर नाच्ने गरिन्छ । एक समूहमा १० देखि १५ जनासम्म कलाकार हुन्छन् । अभिनयसहित मारुनी नाच नाच्ने गरिन्छ ।१६ माघ, २०७५ Share