१ महिनाको हाजिर गरी इन्चार्जसहित स्वास्थ्यकर्मी सम्पर्कविहीनहुम्लाको डाँडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगेर यो महिनाभरी शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।१८ चैत, २०७६ Share
महामारीसँग लड्न तयार थिएनौंँ तर उचित समयमा उचित कदम चालेका छौँहामीलाई अलिकति चिन्ता दैनिक ज्यालादारी गर्नुपर्ने अनौपचारिक क्षेत्रका मजदुरको छ । उहाँहरूलाई पसल भएर मात्रै पुग्दैन । किन्न सक्ने क्षमता गुमेको छ । त्यसका लागि उहाँहरूको लगत संकलनका लागि स्थानीय तहले काम गरेपछि राहत वितरण गर्नेछौँ । केही ठाउँमा यो काम शुरु भइसकेको छ ।१७ चैत, २०७६ Share
हेटौँडाबाटै कोरोना भाइरसको परीक्षण हुनेवाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस (कोभिड–१९) परीक्षण हुने बताएका छन् । मन्त्री दुलालले हेटौंडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई व्यवस्थित बनाएर कोरोना भाइरसको परीक्षण गरिने बताए ।१७ चैत, २०७६ Share
कोरोना कोषमा नेकपा संसदीय दलले १४ लाख ८० हजार जम्मा गर्नेसत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलले कोरोना उपचार कोषमा १४ लाख ८० हजार १३० रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको सो कोषमा मुख्यमन्त्री तथा मन्त्रीहरुले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने बताइएको छ ।१७ चैत, २०७६ Share
प्रदेश ५ मा २३ जनाको कोरोना रिपोर्ट नेगेटिभ, १३ व्यक्ति आइसोलेसनमाप्रदेश नं ५ मा हालसम्म ६१ जनाको स्वास्थ्य परीक्षण र तीमध्ये ३६ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको र अन्य १३ जनालाई विभिन्न अस्पतालका आइसोलेशनमा राखिएको जानकारी दिए ।१६ चैत, २०७६ Share
महँगो मूल्यमा मास्क र पञ्जा बिक्री गर्ने १ जना पक्राउप्रहरी जनकपुरमा मास्क र पञ्जा कालोबजारी गरेको आरोपमा शनिबार एक जनालाई पक्राउ गरेको छ । बजार अनुगमनका क्रममा बढी मूल्य लिएर मास्क र पञ्जा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गर्ने एक व्यवसायीलाई प्रहरीलाई पक्राउ गरेको हो ।१६ चैत, २०७६ Share
गाईलाई आहारको प्रबन्ध मिलाउन हिन्दुु महासंघको मागविश्व हिन्दू महासंघ नेपाल केन्द्रीय समितिले लकडाउनका बेला पनि राष्ट्रिय जनावर गाईको आहारको उचित प्रबन्ध गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।१६ चैत, २०७६ Share
गण्डकी प्रदेशमा १३ जनाको रिपोर्ट नेगेटिभ, मृतकमा संक्रमण नभएको पुष्टिकोरोना संक्रमणको आशंकामा गण्डकी प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ ।१५ चैत, २०७६ Share
कोरोना भाइरसबारे भ्रम फैलाउने १ जना पक्राउकोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् ।१५ चैत, २०७६ Share
कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल तयारभरतपुर अस्पतालले कोरोना भाइरस (काेभिड–१९) पुष्टि भएका बिरामीलाई उपचार गर्ने तयारी गरेको छ । अस्पतालले लक्षण देखिएकाहरुलाई अन्य अस्पतालमा उपचार गराए पनि प्रमाणित भएकाहरुलाई अस्पतालमा पठाउन अनुरोध गरेको छ ।१४ चैत, २०७६ Share
दोलखाका पाँचै जनामा कोरोना नभएको पुष्टिकोरोना भाइरस (कोभिड–१९) को आशंकामा परीक्षणका लागि दोलखाबाट काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएका पाँचै जना बिरामीमा सङ्क्रमण नभएको पुष्टि भएको छ ।१४ चैत, २०७६ Share
पर्वतमा विदेशबाट फर्किएकाको खोजी तीव्र, १ सय ८२ जना ‘क्वारेन्टाइन’माकोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।१४ चैत, २०७६ Share
कोरोनाका बिरामी आउने डरले औषधि पसल नै बन्दपश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोना भाइरस (कोभिड–१९) का बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोली पुग्दा गोपीगञ्जका दुई मेडिकल पसल बन्द गरिएको अवस्थामा पाइएको हो ।१३ चैत, २०७६ Share
सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेपछि कर्णाली प्रदेशका राजधानी सुर्खेत सुनसान बनेको छ । आम नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट निस्कन रोक लगाएपछि वीरेन्द्रनगर ‘लकडाउन’को दोस्रो दिन बुधबार पनि सुनसान बनेको हो ।१३ चैत, २०७६ Share
महोत्तरीका विद्यार्थीले बनाए सेनिटाइजरआफ्नै बस्तीको विद्यालयका विद्यार्थीले तयार गरेपछि महोत्तरीको वर्दिवास नगरपालिकामा सेनिटाइजर प्रयोगकर्ता बढ्दै गएका छन् । कोरोना सन्त्रासबाट बच्न सरसफाइका लागि अति आवश्यकीय मानिएको सेनिटाइजर बजारमा नपाउँदा निरास भएका यहाँका सर्वसाधारणलाई अहिले आफ्नै नानीहरुको प्रयत्न उपयोगी बनेको हो । बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीले सेनिटाइजर बनाएर प्रयोगमा ल्याएका हुन् ।१२ चैत, २०७६ Share
खोटाङमा सेनाको सहयोगमा ३६ शय्याको ‘क्वारेन्टाइन’ निर्माणखोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकोरेस्थित ‘खोटाङ बहुउद्देश्यीय कभर्ड हल’मा ३६ शय्याको ‘क्वारेन्टाइन’ निर्माण गरिएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर मंगलबार दिक्तेलस्थित गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेनाको सहयोगमा ‘क्वारेन्टाइन’ निर्माण गरिएको हो ।१२ चैत, २०७६ Share
‘एक कल फोन गर्नुहोस्, उपचारका लागि घरमै आउँछौंँ'‘तपाईहरु कोही विरामी हुनुहुन्छ भने हामीलाई एककल फोन गर्नुहोस्, हामी तपाईहरुको उपचारका लागि घरमै आउँछौं ।’विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरस फैलिन नदिन जिल्ला स्वास्थ्य कार्यालयले सम्बन्धित गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै यस्तो सूचना जारी गरेको छ ।१२ चैत, २०७६ Share
देशभर लकडाउन, स्वास्थ्यकर्मी जुवातासमा !कोराना भाइरस (कोभिड–१९) को कारण मंगलबारदेखि देशभर ‘लकडाउन’ गरिएको छ । यस्तो अवस्थामा कुनै पनि स्थानमा मानिसहरु आवतजावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रिझेको पाइएको छ ।१२ चैत, २०७६ Share
विदेशबाट फर्किएका २१ जना ‘होम क्वारेन्टाइन’मावालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ ।१२ चैत, २०७६ Share