ललितानिवास जग्गा (बालुवाटार) प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शाहलाई पक्राउ गरेको हो ।
सीआईबीले यो प्रकरणमा फेरि अनुसन्धान गरेको छ । सोही क्रममा शाह पक्राउ परेका हुन् । सीआईबीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा डिल्लीबजार मालपोतका तत्कालीन कर्मचारीलाई पनि पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:०७