भक्तपुर जिल्लाका विभिन्न ८ फुटबल क्लब भक्तपुर जिल्ला फुटबल संघले अनियमितता र जिल्लाका सक्रिय क्लबलाई निरुत्साहित बनाएको आरोपमा आन्दोलित भएका छन् ।
विभिन्न ८ क्लबले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दै संघले सक्रिय क्लबलाई बेवास्ता गर्दै जिल्ला फुटबल लिगका लागि जिल्ला प्रशासन र जिल्ला खेलकुद विकास समितिमा दर्ता नै नभएका क्लबलाई लिग खेलाउन लागेको आरोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६, ०४:५७:००