प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा ११ महिनाअघि राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलले निगमको साख सुधार गरेर व्यापार बढाउने अपेक्षा गरिएको थियो ।
तर पछिल्लो समय निगम झन् धराशयी बन्दै गएको छ । निमगले जहाज खरिदगर्न सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको २४ अर्ब ऋणको किस्ता तिर्न सकेको छैन । घाटा ३७ अर्ब रुपैयाँ पुगेको छ ।
निगमसँग भएका १३ वटा जहाजमध्ये सात वटाले मात्र उडान भरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६, ०४:३५:००