कैलालीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–३ मा गएराति भएको मोटरसाइकल दुर्घटनामा १८ वर्षका चालक पुष्प गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोटरसाइकलमा पछाडि बसेका १८ वर्षीया पशुपति बोहरा र १६ वर्षीय समिर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए । उनका अनुसार तीन जना चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गिरीको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
अन्य दुई जना घाइतेको धनगढीकै मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रवक्ता विष्टले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८ ११:१३