बैतडीमा एक व्यापारी मृत फेला परेका छन् ।
सुर्नया गाउँपालिकाको सन्सेरीमाण्डौँ बजारमा मासु पसल सञ्चालन गर्दै आएका सुर्नया–४ लेकडाँडाका अन्दाजी ५५ वर्षीय कमलसिंह महरा मृत फेला परेका हुन् ।
उनको टाउकोमा गम्भीर चोट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
टाउकोमा गम्भीर चोट रहेकाले हत्याको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख रमेशबहादुर पालले बताए ।
महराको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पाटनको टोली घटनास्थलमा पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८ ११:५२