बरफयुगका साइबेरियन सिकारीहरूले २३ हजार वर्षअगाडि कुकुरलाई घरपालुवा बनाएका हुन सक्छन् । बरफयुगको अन्त्यतिर ढुङ्गाका तिखा र धारिला हतियार बाेकेका मान्छे निकै चिसो उत्तरपूर्वी साइबेरियामा बिजोन र रौँ भएका ठूला जनावरहरूलाई पछ्याउँदै घना घाँसे मैदानतिर लाग्थे ।
तिनीहरूका साथमा ब्वाँसोजस्तै देखिने जनावर पनि साथमा देखिन्थे । यिनीहरू नै थिए संसारका पहिलो कुकुर । यिनैका सन्तान पूर्व र पश्चिमतिर फैलिँदै गए । युरेसियाको आवादी साथै अमेरिकी आदिवासीसित सहकार्य गर्दै अमेरिकामा फैलिए । यो प्राचीन मानव र कुकुरको अनुवंश अध्ययनलाई समायोजन गरेर ल्याइएको नयाँ खालको अध्ययनको परिदृश्य हो ।
प्रोसिडिङ अफ द नेसनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित विश्लेषणले कुकुरहरू कहिलेदेखि घरपालुवा हुन थाले भन्ने वर्षौंदेखिको विवाद अन्त्य गर्ने लक्ष्य राखेको छ । यसले कसरी शिकारी कुकुरहरू एक नम्बरका बफादार साथीमा रुपान्तरण भए भन्नेसम्म व्याख्या गर्न सक्ने देखिन्छ । कान्सास विश्वविद्यालय, लरेन्सका मानवशास्त्रीय अनुवांशिकी तथा प्राचीन अमेरिकीबारेका विज्ञ जेनिफर राफले भन्छिन्, 'म यो अध्ययन रुचाउँछु ।'
यसरी पत्ता लागेको रहस्यलाई ढुक्क भएर भन्न अझै धेरै प्राचीन कुकुर र मानवको अनुवांशिकी समूहहरू आवश्यक पर्ने उनले बताइन् । तर, पहिले नै, कसरी कुकुरको कथा र मानवको कथा मिल्न गयो भन्नेचाहिँ गज्जबलाग्दो छ ।
अक्सफोर्ड विश्वविद्यालयका जीवशास्त्री ग्रेगर लार्सनको कार्यालयबाट भालुहरूको विकासक्रममाथि यो अनुसन्धान सुरु गरिएको थियो । उनले दुरहम युनिभर्सिटीका 'पुरातत्त्वको खोजी क्रममा भेटिने जीव अवशेषसम्बन्धी विज्ञ' एन्जेला पेरीलाई कुकुरसित सम्बन्धित अन्योलपूर्ण विषयबारे च्याट गर्दै लेखे- अनुवांशिकी र पुरातात्त्विक प्रमाणहरूले देखाउँछ कि प्राचीन कुकुरहरूको उत्पत्तिदेखि उत्तरी अमेरिकामा कम्तीमा १० हजार वर्षयता मानवसँगै रहँदै आएको छ ।
साउदर्न मेथोडिस्ट विश्वविद्यालयका पुरातत्त्वविद् डेभिड मेल्जर प्राचीन कुकुर र मानिसका डीएनए एउटै समयक्रमसित दुवैलाई तुलना गरेर हेर्नुपर्ने बताउँछन् । डेभिडले पहिले कसरी र कहिले मानिसहरू विभिन्न समूहमा बाँडिए, जति बेला तिनीहरू साइबेरियामा थिए र पछि उत्तर अमेरिका पुगे भन्नेबारे छलफल सुरु गरेको पेरी सम्झिन्छिन् । यदि कुकुरको डीएनए उस्तै ढाचाको पाइए कति बेलादेखि मानव र कुकुरसँगसँगै हुन थाले भन्ने त्यसले उजागर गर्नेछ ।
हामीले ठूलो सेतो पाटीमा विभिन्न दिशामा फर्केका वाण चित्र कोर्न सुरु गर्यौँ, यो निकै भद्रगोलजस्तो थियो । तर, यसले कुकुरलाई घरपालुवा बनाउन थालिएको कथा बताउँथ्यो । ती भद्रगोल चित्रलाई व्यवस्थित गर्दै अनुसन्धानकर्ताहरूले संसार भरका करिब २ सय कुकुरको पहिल्यै अनुक्रमित माइटोकोण्ड्रिएल जिनमको विश्लेषण गरे, केही १० हजार वर्षभन्दा पुराना थिए । छोटो अनुक्रमित माइटोकोण्ड्रिएल डीएनए न्युक्लिएर डीएनएभन्दा प्रचुर थिए, यसले बताउँथ्यो कि प्राचीन अमेरिकी कुकुरहरूले अनुवांशिक (Dubbed A2b ) लिएर आएका थिए र तिनीहरू चार समूहमा विभाजित भए । जुन करिब १५ हजार वर्षअगाडि उत्तर अमेरिकामा विभिन्न भागमा भेटिन्थे ।
अनुसन्धान गर्ने समूहले समय र स्थानबारे प्राचीन रैथाने अमेरिकनहरूको विभाजनको ऐना फेला पार्याे । यी सबै मानव, वैज्ञानिकहरूले भन्ने रैथाने अमेरिकनका दरसन्तान साइबेरियामा करिब २१ हजार वर्ष पहिले उदाएका थिए । ती मानवले पक्कै पनि अमेरिका आउँदा करिब १६ हजार वर्षअगाडि कुकुर पनि लिएर आएको हुनुपर्छ भन्ने अनुसन्धानरत समूहको निष्कर्ष छ । अन्तत: प्राचीन कुकुरहरू हराएर गए । जब युरोपियनहरू अमेरिका आए, तिनीहरूका कुकुरहरू स्वतः नियन्त्रित भएका हुन सक्छन् ।
अनुसन्धान समूहले अझै अनुवंशको गहिरो अध्ययन गर्दै जाँदा A2b कुकुरहरू करिब २३ हजार वर्षपहिलेका साइबेरियाका कुकुरहरूकै दरसन्तान रहेको पायो । मानव जो अनुवांशिक समूहका अनुसार प्राचीन उत्तरी साइबेरियन भनिञ्छन्, कुकुरका पुर्खाहरू सम्भवत: उनीहरूसितै बस्थे भन्ने समूहको शंका छ । करिब ३१ हजार वर्ष पहिले देखा परेको समूह सापेक्षित रूपमा न्यानो, उत्तर पूर्वी साइबेरियामा हजारौँ वर्ष बसेको थियो । सुदूरपूर्व वा पश्चिमतिर सर्न निकै प्रतिकूल मौसमले घेरिएको थियो । उनीहरूले त्यस अनुकूल भूभाग खैरो ब्वाँसोसित साझेदारी गरे, जुन आजको कुकुर हो ।
यी मानवहरू सम्भवत: जमिनमा भुवामाथि सुत्थे, आगोमा ताजा खानेकुरा पकाउँथे । मेल्जर भन्छन् । यदि तिमी भोको मांसहारी हौ भने ठूलो सिकार पोलेको गन्ध पाउनासाथ तिमी त्यतैतिर तानिन्छौ !
कुकुरलाई घरमा रत्याउनेबारेको मूल सिद्धान्तले बाँध्छ कि खैरो ब्वाँसो मानवको क्याम्पनजिक फ़्याँकिएका खानाको आशामा आउन थाल्यो, तीमध्ये सबसे कम डराउने सयौँ हजारौँ वर्षका क्रममा आजको भद्र छाउरामा विकसित हुन सक्यो ।
यदि मानव टाढाटाढा हुँदै छरिएर गएको भए यो सिद्धान्तले काम गर्दैनथ्यो, किनभने उनीहरूसित जहिल्यै नयाँनयाँ किसिमका ब्वाँसोहरू भेटिन्थे । तर, यदि अनुसन्धान टिमले पत्ता लगाएको सही हो भने मानव र कुकुर दुवै प्रजाति दशौँ हजार वर्ष साइबेरियामा सापेक्षिक तवरले नजिक बस्दै आएको पेरी बताउँछिन् ।
अझ के छ भने अनुवांशिक तथ्यहरूले देखाएअनुसार प्राचीन उत्तर साइबेरियनहरू अमेरिका बसाइ सर्नुभन्दा अगाडि नै रैथाने अमेरिकीका पुर्खाहरूसित मिसिए । प्राचीन कुकुरका सन्तान तयार गराउनेहरूले रैथाने अमेरिकी र अन्य समूहहरू जो निकै पश्चिम युरेसियासम्म यात्रा गर्थे, तिनीहरूलाई जनावर बिक्री गरेको हुनुपर्छ । यसले कुकुर किन युरोप र अमेरिकामा १५ हजार वर्षअगाडि भेटियो भन्ने व्याख्या गर्छ । यसभन्दा अगाडि कुकुर एक पटकभन्दा धेरै घरपालुवा बनाउने प्रयास भएको थियो भन्ने वैज्ञानिकहरूको आशंका थियो । यसको सट्टा सबै कुकुर २३ हजार वर्षपहिलेको साइबेरियन कुकुरकै दरसन्तान हुन् भन्ने अनुसन्धानरत टिमको दाबी छ ।
'पिटर साभोलाइनन, स्कटहोमको रोयल इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुवांशिक वैज्ञानिक जसले लामो समयदेखि दक्षिण पूर्वी एसियामा कुकुरलाई घरपालुवा बनाइएको थियो भन्ने तर्क राख्थे, त्यो अब अर्थपूर्ण रहेन', उनी भन्छन्, 'A2b हस्ताक्षर जुन अनुसन्धानरत टिमको दाबी छ, त्यो संसारको जहाँसुकै फैलिएको भए पनि अमेरिकालाई समेट्ने खालको छ । यसले सम्पूर्ण अनुवांशिक विश्लेषणलाई वैधता दिँदैन । नयाँ अध्ययनले कुकुरलाई घरपालुवा बनाइएको बारे केही बताउन सक्दैन ।'
तर, प्राचीन अमेरिकी मानवका बारेमा राफ जति पनि कुरा जान्दछिन्, त्यसका आधारमा अध्ययनको आधारभूत कथा सत्य ठहरिन्छ । उनी थप्छिन्, 'अझै माइटोकोण्ड्रियल डीएनएले प्राणीको अनुवांशिक समूहको निकै सानो हिस्सा मात्र प्रतिनिधित्व गर्छ । त्यसैले न्युक्लियर डीएनएबिना नै पूरा तस्वीर आउन सक्दैन । रैथाने अमेरिकी पुर्खा जसले पहिलो पटक कुकुरलाई अमेरिकाका टाढाटाढाका कुनासम्म फैलाएको हुन सक्छ । उनीहरूको बारेमा पनि यहि कुरा भन्न सकिन्छ ।'
नवाजो नेसनका सदस्य जस्टिन लण्ड भन्छन्, 'यो कामले साँच्चिकै प्रस्ट प्रगति देखाउँछ । युनिभर्सिटी अफ ओक्लाहामाका पुरातत्त्वका पीएचडी विद्यार्थी तथा रैथाने अमेरिकनको कोणबाट पनि अनुवांशिक अध्ययन हुनुपर्छ ।' तर, यी भनाइहरू कहिल्यै पूर्ण छैनन् जबसम्म हामी अमेरिकाको उपनिवेशीकरण पूर्वको ज्ञानलाई मिलाउन सुरु गर्दैनौँ ।
(अनुवादः राजेन्द्र अधिकारी)
प्रकाशित मिति: सोमबार, माघ १९, २०७७ १२:५५